कोशी प्रदेशमा ५० माओवादी नेताहरु प्रदेशबाट जिल्ला समितिमा घटुवा

  • मिसन संवाददाता
  • शनिबार, माघ १३, २०८० 0८:१३
कोशी प्रदेशमा ५० माओवादी नेताहरु प्रदेशबाट जिल्ला समितिमा घटुवा

नेकपा माओवादी केन्द्र ‘१ नं. प्रदेश समिति’ (कोशी प्रदेश) ले आफ्ना ५० सदस्यलाई जिल्ला समितिमा घटुवा गरेको छ। यही माघ ११ र १२ गते विराटनगरमा सम्पन्न ‘१ नं. प्रदेश समिति’को बैठकले चारमहिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा नखटिने ५० जना प्रदेश सदस्यलाई जिल्ला समितिमा घटुवा गर्ने निर्णय गरेको हो।

बैठकले समितिको बैठकमा लगातार ३ पटकसम्म अनुपस्थित सदस्यहरूलाई तल्लो समितिमा घटुवा गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्रको उक्त प्रदेश समितिको बैठकले गरेका १६ निर्णय यस्ता छन्–

१) प्रदेश समितिको बैठकमा लगातार ३ पटकसम्म अनुपस्थित सदस्यहरूलाई तल्लो समितिमा घटुवा गर्ने।

२) चारमहिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’मा नखटिने ५० जना प्रदेश सदस्यहरूलाई जिल्ला समितिमा घटुवा गर्ने।

३) पार्टीमा नवप्रवेशीहरूको तहगत जिम्मेवारी सुनिश्चित गर्ने।

४) पार्टी छोडेकाहरूलाई कारबाही।

६) विधान अधिवेशन (२०८०/११/१-३ गते काठमाडौँ) अघि जिल्ला एवम् पालिका समितिहरू गठन, पुनर्गठन नगर्ने तर वडाहरूको सम्मेलनको हकमा कुनै बारबन्देज नलाग्ने।

७) २०८० फागुन १० गतेसम्ममा पार्टीको संगठित सदस्यता नवीकरण गरिसक्ने। फागुन १४-२१ सम्ममा सबै वडाहरूको सम्मेलन अनिवार्य रूपमा गरिसक्ने।

८) विधान अधिवेशनपछि चैतसम्ममा सबै जवस. /मोर्चाहरूको प्रदेश सम्मेलन गरिसक्ने।

९) माघ २० गतेसम्ममा जिल्ला समन्वय समितिको बैठक सम्पन्न गरी प्रस्तावित विधान उपर व्यापक छलफल गर्ने।

१०) माघ २३ गते पालिका समितिहरूसँग बैठक बस्ने।

११) फागुन र चैतमा सबै पालिकामा स्कुलिङ सम्पन्न गर्ने। स्कुलिङको पाठ्यक्रम प्रदेशले तयार गर्ने।

१२) फागुन १ गते जिल्ला, पालिका र वडाहरूले रचनात्मक कार्यक्रम गर्ने, सहिद सप्ताहको अन्तिम दिन फागुन २१ गते प्रदेश समितिले बृहत् चियापान एवम् भेटघाट कार्यक्रम विराटनगरमा आयोजना गर्ने।

१३) माघ २५ गतेसम्ममा प्रस्तावित विधानमाथिको सुझाव केन्द्रीय समितिमा पठाइसक्ने।

१४) प्रदेश १ का प्रथम सहिद डोलाराज कोइरालाको नाममा विराटनगर र बूढीगंगाको सिमानामा प्रदेश पार्टी कार्यालय निर्माण गर्ने।

१५) ५० लाखको अक्षयकोष बनाउने। यस कोषलाई कार्यकर्ता संरक्षण कोषको रूपमा विकास गर्ने।

१६) प्रदेश कार्यालय र कार्यकर्ता संरक्षण कोषलाई पालिका समितिसम्मको अपनत्व हुनेगरी सहभागितामूलक र योगदानमुखी बनाउने।

  • मिसन संवाददाता
  • शनिबार, माघ १३, २०८० 0८:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट