त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनाव ९ चैतमा हुने

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २, २०७९ १८:१६
त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनाव ९ चैतमा हुने

काठमाडौं । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) चुनाव हुने भएको छ ।

बिद्यार्थी भर्नालाई लिएर भएको विवादका कारण निर्वाचन तालिका प्रभावित भएको थियो । निर्वाचन अधिकृत राजेन्द्र गौतमले नयाँ चैत ९ गते चुनाव गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेका छन् ।

 

जहाँ मतदाता नामावली चैत ३ गते प्रकाशन गर्ने उल्लेख छ । त्यसउपर दावी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ । ५ गते उम्मेदवारी दर्ता र ६ गते उम्मेदवारहरुउपर दावी विरोधका लागि समय दिइएको छ । ७ गते प्रचारप्रसारका लागि समय दिने तय भएको छ ।

७ गतेदेखि नै मौन अवधि सुरु हुनेछ । ९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय गरिएको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २, २०७९ १८:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट