कोशी प्रदेश सभा क्षेत्रमा १७ जना आन्दोलनकारी पक्राउ

  • मिसन संवाददाता
  • आइतवार, जेष्ठ १४, २०८० ११:१५
कोशी प्रदेश सभा क्षेत्रमा १७ जना आन्दोलनकारी पक्राउ

काठमाडौं । कोशी प्रदेशको नाम पहिचानका आधारमा पुन: संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ । प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आजबाट सुरु हुँदैछ ।

प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेका पहिचान पक्षधरले आज बिहानैदेखि प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्ने तयारी गरेको थियो ।

आन्दोलनको जानकारी पाएपछि प्रहरीले प्रदेश सभा सचिवालय आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । विराटनगर आउने  सवारी साधनको चेकजाँचमा कडाइ गरेको छ ।

प्रदेश सभाले गत फागुन १७ गते  प्रदेशको नाम राखपछि पहिलोपटक बैठक बस्न लागेको हो ।कोशी प्रदेश सभाको दोस्रो एवम् बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।

  • मिसन संवाददाता
  • आइतवार, जेष्ठ १४, २०८० ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट