‘सरकारले बिआरआई परियोजना तीव्रता साथ अघि बढाउनुपर्छ’

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २, २०७९ १८:३0
‘सरकारले बिआरआई परियोजना तीव्रता साथ अघि बढाउनुपर्छ’

काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको कामलाई तीव्रगतिका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘चाइना बेल्ट एन्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘योसँग जोडिएर आउने भूराजनीतिक प्रश्नहरु छन्। म के कुरामा विश्वस्त छु भने चिनियाँ मित्रहरूले बारम्बार एउटा कुरा भन्ने गर्नुभएको छ, चीन विकासको जतिसुकै उच्च तहमा पुगोस्, जतिसुकै विकसित होस्। चीनले कहिल्यै जियोग्राफिक एम्बिसन राख्नेछैन। चीनले भन्ने गरेको छ, बाह्य हस्तक्षेपको पीडा छ भन्ने कुरामा हामी आफैँले भोग्दै आएका छौँ। चीनको यो भनाइलाई हामीले मित्र राष्ट्रको हैसियतले गम्भीरतापूर्वक लिनुपर्दछ। नेपालको विकासमा फड्को मार्ने हो भने बिआरआई महत्वपूर्ण परियोजना हो भन्ने मलाई लाग्दछ,’ उनले भने।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २, २०७९ १८:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट