संसद बैठकअघि कांग्रेसले निर्णय गरेर सत्तापक्षमा जानेः महामन्त्री थापा

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ३, २०७९ १५:३९
संसद बैठकअघि कांग्रेसले निर्णय गरेर सत्तापक्षमा जानेः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ५ गतेको संसद बैठक अघि नेपाली कांग्रेसको बैठक बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेका छन् ।
शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले संसदको प्रतिपक्षबारे भइरहेको विवाद सुल्झाउन संसद बैठक अघि नै कांग्रेसले निर्णय गर्नुपर्ने  बताए ।

‘हामी आजको दिनसम्म प्रमुख प्रतिपक्ष दलको हैसियतमा छौ । तर, चैत ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने भन्ने भैसकेपछि त्यसभन्दा पहिल्यै हाम्रो पार्टीले निर्णय गर्नुपर्ने थापाले बताउनु भयाे । त्यस्तै  विश्वासको मत दिनेनदिने र सरकारमा जानेनजाने पनि निर्णय हुनुपर्ने बताउनु भयाे ।

नेता थापाले ५ गतेको संसद बैठक बस्नुभन्दा पहिले कांग्रेसले बैठक बसेर विश्वासको मत पनि दिने र सरकारमा पनि सहभागी हुने भन्ने निर्णय गर्नु सकरात्मक  हुने बताए । ‘त्यसो गरेपछि ५ गतेको बैठकमा सत्तापक्षमा बस्न अप्ठेरो नहुने र  राजनीतिक असमझदारी पनि नहुने जानकारी दिनुभयाे ।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ३, २०७९ १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट