ओलीको टिप्पणी: नैतिकता नभएको मन्त्री, हुतीहारा प्रधानमन्त्री

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १३:५६
ओलीको टिप्पणी: नैतिकता नभएको मन्त्री, हुतीहारा प्रधानमन्त्री

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामा नैतिकता नभएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ‘हुतीहारा’को संज्ञा दिए ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकमा उनले मन्त्रीको गलत क्रियाकलापले मान्छेको ज्यान गएको सरकारी प्रतिवेदन रहेको बताए । त्यसकारण मन्त्री ज्वालाले पदबाट राजीनामा दिनुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्रीले पनि मन्त्रीलाई बर्खास्त गर्न नसकेको ओलीको भनाइ छ । “मन्त्रीको गलत क्रियाकलापले मान्छेको ज्यान गएको प्रतिवेदन छ । मन्त्रीमा नैतिकता छैन,” उनले भने, “राजीनामा दिनुपर्दैन ? प्रधानमन्त्रीमा हटाउने हुती छैन ।”

आफूमाथि दोष लाग्दा समेत मन्त्री ज्वाला गाडीमा राष्ट्रिय झन्डा हल्लाउँदै हिँडिरहेको उनले टिप्पणी गरे । “त्यो मन्त्री बसिरहन मिल्छ ? लोकलाज पनि छैन । नैतिकता नभएको मन्त्री, हुतीहारा प्रधानमन्त्री,” ओलीले भने, “आफूमाथि दोष लाग्दा पनि झन्डा हल्लाउँदै हिँडेका छन् ।”

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १३:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट