राजेन्द्र पाण्डे अस्पताल भर्ना : माधव नेपालले भेटे

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १६:३२
राजेन्द्र पाण्डे अस्पताल भर्ना : माधव नेपालले भेटे

पूर्व मन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । अस्वस्थ भएपछि पाण्डेलाई सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना गरिएको केन्द्रीय सदस्य सुदेश पराजुलीले जानकारी दिए ।

‘उहाँलाई युरिन इन्फेक्सन भएपछि सोमबार अस्पताल भर्ना गरिएको हो । अहिले स्वास्थ्य अवस्था सुधार हुँदै आएको छ । बिहीबारसम्ममा डिस्चार्ज गरिन्छ होला’, पाण्डेको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनले भने । पाण्डेलाई भेट्न अध्यक्ष माधवकुमार नेपाल अस्पताल गएका थिए ।

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १६:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट