मदरसा नुरुलहोदाको पठनपाठन अब भवनबाट

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ५, २०७९ १४:३९
मदरसा नुरुलहोदाको पठनपाठन अब भवनबाट

पाल्पा रामपुरको इस्लामपुरस्थित मदरसा नुरुलहोदाको पठनपाठन अब आफ्नै भवनबाट थालिएको छ । यसअघि भवन अभावका कारण यहाँ विद्यार्थीलाई चउर राखेर पठनपनठन गरिँदै आएको थियो । इस्लामपुरमा मुस्लिम समुदायको बाक्लो बस्ती छ । यहाँका मुस्लिम समुदायका बालबालिकालाई लक्षित गरी २०६७ सालमा मदरसा नुरुलहोदामा प्राथमिक तहको पढाइ सञ्चालन गरिएको थियो । सुरुआतमा चन्दा उठाएर प्राथमिक तहको पठनपाठन सञ्चालन गरिएको थियो । उक्त विद्यालयमा अहिले पूर्वाधार निर्माण गरिएको छ । “चउर तथा बाहिर खुल्ला स्थानमा पठनपाठन गर्नुपर्ने अवस्था हटेको छ”, प्रधानाध्यापक नगेन्द्रप्रसाद काफ्लेले भन्नुभयो । जिल्ला शिक्षा समन्वय इकाई र जनश्रमदानबाट नयाँ भवन निर्माण गरी पठनपाठन भइरहेको प्रधानाध्यापक काफ्लेले बताउनुभयो । उहाँका अनुसार इकाईले रू १६ लाख अनुदान दिएको थियो भने रू एक लाख ५७ हजार बरारबरको जनश्रमदान गरिएको हो । विद्यालयमा हाल तीन पक्की भवन निर्माण गरिएका छन् । एघार कोठमा नेपाली, अङ्ग्रेजी र उर्दू भाषामा पठनपाठन हुन्छ । विद्यालयमा ६० विद्यार्थी अध्ययनरत छन् । विद्यालयका संस्थापक अध्यक्ष हाजी हजिलदिन मियाँले विगतमा चन्दाको भरमा सञ्चालन भएको विद्यालयले हाल आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि आवासीय सुविधासहितको व्यवस्था गरेको छ । नर्सरीदेखि पाँचसम्म पढाइ हुने यस विद्यालयमा स्थायी दरबन्दीमा तीन, अन्य स्रोतबाट १० शिक्षक तथा एक कार्यालय सहयोगी कार्यरत छन् । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विद्यालय सञ्चालन गर्न पालिकाले पूर्वाधारसहित आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ५, २०७९ १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट