सुन तस्करी काण्ड : अनुसन्धान अधिकृत नै शंकाको घेरामा ?

  • मिसन संवाददाता
  • शनिबार, चैत्र ३, २०८० 0७:४४
सुन तस्करी काण्ड : अनुसन्धान अधिकृत नै शंकाको घेरामा ?

साढे ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा संलग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाल प्रहरी प्रधान कार्यालय तानिएका छन्।

पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वको जाँचबुझ आयोगले अनुसन्धानमा उनीहरूको गम्भीर कमजोरी औँल्याउँदै अभियुक्तलाई भगाएको पत्ता लगाएपछि कारबाही गर्न सिफारिस गरेको थियो।

आयोगको सिफारिससहितको प्रतिवेदन गृहमन्त्री हुँदै प्रधानमन्त्रीलाई बुझाएकै दिन एसपी थापा, डीएसपी कुँवर र दाहाल प्रहरी प्रधान कार्यालय तानिएका हुन्।

थापा सीआईबीबाट जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएका थिए। तर उनलाई नुवाकोटबाटै फिर्ता बोलाइएको हो। डीएसपीद्वय भने सीआईबीमै कार्यरत थिए ।

  • मिसन संवाददाता
  • शनिबार, चैत्र ३, २०८० 0७:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट