उपराष्ट्रपति यादवलाई भारतीय समकक्षी धनखरको बधाई

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १५:५७
उपराष्ट्रपति यादवलाई भारतीय समकक्षी धनखरको बधाई

उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतका उपराष्ट्रपति तथा भारतको राज्यसभाका अध्यक्ष जगदीप धनखरले बधाई तथा शुभकामना दिनुभएको छ । उपराष्ट्रपति धनखरले आज सामाजिक सञ्जालमार्फत् ट्वीटमार्फत नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिनुभएको हो । उपराष्ट्रपति धनखरले दुई देशबीचको बहुआयामिक सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउनसँगै काम गर्न चाहेको सन्देशमा उल्लेख गर्नुभएको छ । यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लौनचौर पुगेर पदबहाली गर्नुभएको हो ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट