करिब ६ अर्ब ५७ करोड बराबरको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ २२:१0
करिब ६ अर्ब ५७ करोड बराबरको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । नेपाल सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने भएको छ । नेपाली करिब ६ अर्ब ५७ करोड बराबरको रकम स्वीकार गर्ने भएकाे हाे ।

साेमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषकलाई उपलब्ध गराउदै आएकाे  रासायनिक मलमा अनुदानको दरमा कटौती गर्ने निर्णय हाल कार्यान्वयन नगर्ने निर्णय भएकाे छ ।

मन्त्रिपरिषद्ले बङ्गलादेश र नेपालबीच ‘सियरिङ अफ सिरयल टाइम हाइड्रो मेट्रोपोलिटिकल डेटा एन्ड’को समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने भएकाे हाे । सरकारले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको बढुवा गर्ने भएकाे हाे । प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलार्ई कार्यविधि बनाई राहत उपलब्ध गराउने भएको छ ।

जयपृथ्वी नगरपालिका–१ को करिब दुई सय ८३ रोपनी सरकारी जग्गा लिजमा उपलब्ध गराउने र नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनबहादुर खड्कालाई नियुक्त गर्ने सरकारको निर्णय छ । सरकारले दूरसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गर्ने भएकाे हाे ।नेपाली सेनाको एफटिडिको चौथो बैठक नेपालमा सञ्चालन गर्न स्वीकृत दिने भएको छ ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ २२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट