त्रिकोणात्मक सिरिजमा नेपालको दोस्रो हार, नेदरल्यान्ड्ससँग २ रनले पराजित

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १६, २०८० १४:५९
त्रिकोणात्मक सिरिजमा नेपालको दोस्रो हार, नेदरल्यान्ड्ससँग २ रनले पराजित

नामिबिया र नेदरल्याण्ड्स सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।

बुधबार भएको सिरिजको दोस्रो खेलमा नेपाल नेदरलयाण्ड्ससँग २रनले पराजित भएको हो। सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

डच टोलीले दिएको १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८२ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरिले अर्धशतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन्।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १६, २०८० १४:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट