जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र ७, २०७९ ११:१९
जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा रहेको व्यवस्थापन समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गरिने पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो । यसैगरी जसपाले चैत १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ । जसपाले यही चैत २७, २८ र २९ गते आफ्नो विधान अधिवेशन गर्ने निर्णय गरेकाले उक्त विषयको तयारीका लागि पनि आजको बैठक बोलाइएको बताइएको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र ७, २०७९ ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट