राष्ट्रपतिको स्वास्थ्य परीक्षण

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र ९, २०७९ १५:५३
राष्ट्रपतिको स्वास्थ्य परीक्षण

राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको छ । राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो । उहाँले भन्नुभयो, “राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो । विभिन्न परीक्षण भएको छ ।” त्यसैगरी राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरको बिपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराउनुभएको छ । प्रा डा सगुन जोशीले राष्ट्रपतिको आँखा परीक्षण गर्नुभएको थियो । —

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र ९, २०७९ १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट