प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १२, २०७९ २१:४३
प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभाले सविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बैठकमा राख्नुभएको उक्त शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा उहाँको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गर्नाका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो । नेपाली कांग्रेसबाट विस २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यका रुपमा निर्वाचित भई संविधान निर्माणमा उहाँले अतुलनीय योगदान पु¥याउनुभएको थियो । लोकतान्त्रिक आन्दोलनहरूमा सदैव सक्रिय भूमिका निर्वाह गर्नुभएका एवं शालीन र सरल व्यक्तिका रुपमा परिचित विमलीको ७४ वर्षको उमेरमा यही चैत ७ गते मङ्गलबार निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत १५ गते दिउँसो १ बजे बस्नेछ ।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १२, २०७९ २१:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट