‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १५, २०७९ १७:३१
‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटनमार्फत प्रदेशले समृद्धि हासिल गर्ने बताउनुभएको छ । बागलुङमा आज आयोजित चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यहाँ धेरै पर्यटकीय तथा धार्मिकस्थल रहेको हुँदा त्यसको विकास गरी समृिद्ध हासिल गरिनेछ भन्नुभयो । मुख्यमन्त्री अधिकारीले गण्डकीमा धेरै खोलानाला, तालतलैया र खानीहरु रहेको बताउँदै खनिज पदार्थको सही रुपमा उत्खन्न गरी रोजगार सिर्जना गर्ने र प्रदेशको गतिलो आयस्रोतको माध्यम बन्ने बताउनुभयो । मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “गण्डकीमा धेरै सम्भावना छन्, यहाँ भएका स्रोत र साधनको सही प्रयोग भएका छैनन्, अब गण्डकी प्रदेश सरकार यसको प्रवद्र्धनमा लाग्छ, रोजगारी सिर्जना गर्छ ।” उहाँले उत्तरगङ्गा जलाशययुक्त हाइड्रोपावर निर्माण गर्ने बताउनुभयो । यसले गण्डकी मात्रै नभइ सिङ्गो देशलाई उज्यालो बनाउने उहाँको भनाइ थियो ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १५, २०७९ १७:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट