पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १६:३३
पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया

पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ । निकुञ्जबाट गएराति आएको बाघले ठोरी गाउँपालिका–४ मानाचोकस्थित नवीन तामाङको गोठमा रहेका पाँच वटा ब्राखा र दुई वटा खसी गरी सात वटा पशुचौपाया मारेको स्थानीय तथा कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रीनले जानकारी दिनुभयो । पाटेबाघले खसीबाख्रा मारेको स्थानीयले निकुञ्ज प्रशासनलाई जानकारी गराएपछि बिहान नेपाली सेनाको टोलीले बाघलाई धपाएको थियो । यसअघि गत चैत ७ मा निकुञ्जबाट निस्केको पाटेबाघले ठोरी गाउँपालिकास्थित मिक्सर लामाको गोठमा छ वटा बाख्रा र एउटा भैँसी मारेको थियो ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट