स्वर्णिम वाग्लेको घोषणाः नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १७:४६
स्वर्णिम वाग्लेको घोषणाः नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु

काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्लेलेले २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर तनहुँ १ बाट उपनिर्वाचन लड्ने उद्देश्यका साथ कांग्रेस परित्याग गरेको चर्चाका बीच उनले यस्तो घोषणा गरेका हुन् ।

‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु।’

उनले आम नैराश्य चिरेर देश बन्छ भन्ने आशा जगाउनतर्फ लाग्ने पनि बताएका छन् । २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलन देखिको कांग्रेसमा आफ्नो संलग्नता तोडेको पनि उनले औपचारिक जानकारी दिएका छन् ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १७:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट