दीपालयमा बुहत् लिफ्ट सिँचाइ योजना सुरु

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र २८, २०७९ १७:१६
दीपालयमा बुहत् लिफ्ट सिँचाइ योजना सुरु

दीपायलमा पहिलो पटक डोटीमा बृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु गरिएको छ । जिल्लाको दीपायल सिलगढी नगरपालिकाले वडा नं १, २ र ३ का लागि बासुधारास्थित सेती नदीबाट रु ६० लाखलागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो । योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा रिजर्भ गरिनेछ भने त्यसबाट करिब तीन हजार घरपरिवारले सिँचाइ गर्न पाउनेछन् । यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको पनि नगरकार्यपालिकाको भनाइ छ । सिँचाइ सुविधापछि व्यावसायिक तरकारी खेतीबाट कृषकहरुको आयस्तर बढाउने अपेक्षा गरिएको स्थानीय खगेन्द्र बोगटीले बताउनुभयो । योजना सञ्चालनमा आएपछि सिँचाइका लागि पावर डिप स्यालो ट्युबेल जडान गरिनेछ । दीपायल सिलगढी नगरपालिकाको चालु आर्थिक वर्षको बजेटमा सेती नदी बासुधारास्थित लिफ्ट सिँचाइ योजना समावेश गरिएको थियो ।

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र २८, २०७९ १७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट