अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १९:३१
अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस

हरेक वर्ष आज कै दिन अर्थात् अप्रिल १२ तारिखमा मनाइने कसमोनट दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सन् १९६१ अप्रिल १२ मा रसियाको स्पेस वैज्ञानिक युरी गागारिनले पहिलो मानव अन्तरिक्ष उडान गरेको स्मरणमा यो दिवस मनाइँदै आइएको हो । आजका दिनलाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान भएको दिनका रूपमा लिइन्छ । उक्त दिवसका अवसरमा आज यहाँ रसियन हाउस अफ काठमाडौँ, नेपाल फिजिकल सोसाइटी र नेपाल साइन्स ओलमपियडले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा नेपालमा अन्तरिक्ष क्षेत्रमा भइरहेका कामबारे प्रदर्शनी गरियो । ‘द स्क्वायड अफ चेञ्जमेकसर्’का संस्थापक सुशीलदेव भट्टराईले अन्तरिक्षमा पहिलो पटक मानिसले पाइला टेकेकोबारे चर्चा गर्दै अन्तरिक्ष विज्ञानबारे जानकारी दिन प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भविष्यमा यस विषयमा हाम्रा विद्यार्थीलाई रुचि बढाउन पनि हामीले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छौँ ।” “प्रदर्शनीमा दुई सय विद्यार्थीलाई अन्तरिक्षसम्बन्धी जानकारी गराउनाका साथै रकेट विज्ञान र भूउपग्रह ९स्याटेलाइट० बनाउने तालिम तथा खगोलशास्त्रबारे जानकारी गराउँदै आएका छौँ”, भट्टराईले भन्नुभयो । सन् २०१९ मा बनेको नेपालको पहिलो भूउपग्रह ‘नेपाली सेट–१’ र यस वर्ष बनेको ‘मुनाल’ स्याटेलाइटलगायत अन्त

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १९:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट