विद्यालयबाहिरको पोशाक किन्न बाध्य पारिए कारबाही

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० ११:३८
विद्यालयबाहिरको पोशाक किन्न बाध्य पारिए कारबाही

काठमाडौं महानगरपालिकाले नगर मातहतमा सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

क्रिसमस नजिकिदै गर्दा महानगरले विद्यालयलाई चेतावनीयुक्त पत्र पठाएको हो । आज एक सूचना जारी गर्दै महानगरले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न विद्यालयलाई अनुरोध गरेको छ ।

विद्यालयले विद्यार्थीलाई सेतो दाह्री र रातो टोपीलगायत सान्टाको पहिरन किन्न लगाउने गरेका छन् । त्यसबाहेक अन्य चाडबाडमा पनि विद्यालय पोशाकभन्दा फरक पोशाक लगाउन वाध्य पार्ने गरिएको अधिकांश अभिभावको गुनासो सुनिन्छ।

कोही कसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय गरिने चेतावनी समेत महानगरले दिएको छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट