काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा भएका कारण अवस्था ठिकै जस्तै लागेपनि सहज नरहेको बताएका छन्। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा कार्यकर्तासँग छलफल गर्दै उनले विभिन्न तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए।
‘अहिले हामी सरकारमा छौँ, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, म बुझिने गरी भन्न चाहन्छु, यो स्थिति सहज छैन,’ उनले भने। वुद्धि नपुर्याउने र जिम्मेवारी बोध गरेर संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्ने उनले बताए।
संविधान सभाबाट भएको घोषणालाई आत्मसाथ गरे पनि त्यसलाई विभिन्न तर्क, विर्तक गरेर असफल पार्ने र उल्ट्याउने काम हुन थालेको प्रचण्डको भनाइ छ।