नेपालको अवस्था सुधारोन्मुख : विश्व बैंक

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० २0:१५
नेपालको अवस्था सुधारोन्मुख : विश्व बैंक

आगामी आर्थिक वर्ष (सन् २०२४) मा नेपालको अर्थतन्त्रमा केही सुधार आउने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

विश्व बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुनु अनुमान विश्व बैंकले यसअघि नै गरिसकेको थियो ।

गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि १.९ प्रतिशत रहेको थियो । जबकी आर्थिक वर्ष ०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ५.६ प्रतिशत रहेको थियो ।

प्रतिवेदनले सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने अनुमान गरेको छ । सन् २०२३ मा २.६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा २.४ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ ।

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० २0:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट