खानेपानीको चुनाव : एमाले र गठबन्धनलाई रास्वपाले एक्लै लडायो

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १0:00
खानेपानीको चुनाव : एमाले र गठबन्धनलाई रास्वपाले एक्लै लडायो

रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।

दुई हजार चार सय मत खसेको चुनावमा रास्वपाबाट उम्मेदवार बनेका एकबहादुर क्षेत्री ७०५ मत पाएर विजयी भएका हुन् ।

चुनावमा रास्वपाका निकटतम प्रतिस्पर्धी कांग्रेस-माओवादी-एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६४१ म पाए । नेकपा एमालेका नारायण थापाले ६२६ र स्वतन्त्र उम्मेदवार रेशम खांडले २८१ मत पाए ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट