गङ्गालाई कोहलपुर नगरपालिकाको सहयोग

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १४:0६
गङ्गालाई कोहलपुर नगरपालिकाको सहयोग

बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगरकी घरेलुहिंसा पीडित एक महिलालाई कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । श्रीमान्द्वारा गत माघ १५ गते पेट्रोल छर्किएर आगो लगाइएकी गङ्गा विकलाई कोहलपुर नगरपालिकाले रु ५० हजार रकम सहयोग गरेको हो । नगरपालिकाले हिंसापीडित राहत कोषबाट सो रकम विकलाई हस्तान्तरण गरेको हो । घट्नालगत्तै नगरपालिकाको सहयोगमा पीडित विकलाई उपचारका लागि काठमाडाँै पठाइएको थियो । उपचारपश्चात् घर फर्किनुभएकी उहाँलाई उक्त रकम हस्तान्तरण गरिएको नगरपालिकाकी उपप्रमुख सङ्गीता सुवेदीले जानकारी दिनुभयो । चेतनामूलक कार्यक्रम तीव्रताका साथ अघि बढाइने उहाँको भनाइ छ । उनका श्रीमान् भानुभक्तले गङ्गा र दुई वर्षीय छोरा प्रिन्समाथि पेट्रोल छर्केर आगो लगाएका थिए । गङ्गाको ज्यान जोगिए पनि प्रिन्सको भने उपचारका क्रममा मृत्यु भएको थियो ।

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १४:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट