हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा

एकै प्रकृतिका कार्यालय एकीकृत गर्न माग

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १५:५0
एकै प्रकृतिका कार्यालय एकीकृत गर्न माग
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जिल्लामा एकै प्रकृतिका धेरै कार्यालय रहेको भन्दै त्यसलाई तत्काल एकीकृत गर्नुपर्नेमा जोड दिनुभएको छ । बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै सांसद श्यामकुमार घिमिरेले न्यून बजेट भएका आयोजनामा परामर्शदाताको खर्च बढी भएकाले आगामी आर्थिक वर्षको बजेटमा त्यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारी राजश्वको प्रमुख स्रोतका रुपमा रहेको सवारी साधनको आयात भए पनि त्यसलाई रोकिँदा समस्या परेकाले त्यसलाई सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने केही विषयलाई सुत्रवद्ध रुपमा राख्दै सांसद घिमिरेले जग्गा प्राप्ति ऐनलाई समयानकूल बनाइ सार्वजनिक हितका लागि प्रयोग गर्ने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले आत्मनिर्भर हुन लागेको उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्न सरकारले थप सहजीकरण गर्न आग्रह गर्नुभयो । सांसद भीमप्रसाद आचार्यले सरकारले हालसम्म पूर्णता नपाएको भन्दै विकास निर्माणको काम कहिले अगाडि बढ्ने हो भन्दै प्रश्न गर्नुभयो । परिवर्तनलाई कोही उल्ट्याउन नसक्ने तर्क गर्दै उहाँले किसान, मजदुर, श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानकषृण गराउनुभयो । सांसद हितबहादुर तामाङले काठमाडौँ महानगरपालिकाका प्रमुखले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा नगरेका कारण समस्या खडा भएको उल्लेख गर्दै काठमाडौँका नदी किनारमा रहेका अव्यवस्थित बसोबासी हटाउने भनेर गरिएको सूचना र प्रयास नै संविधान विपरीत रहेको बताउनुभयो । सिंहदरबार र अति विशिष्ट कार्यालयको फोहरमैला उठाउदिन भनेर काठमाडौँका प्रमुखले गलत गतिविधि गरेको उहाँको भनाइ छ । तीन वर्षका लागि भनेर फोहर व्यवस्थापन गर्न थालिएको सिसडोलमा १६ वर्षसम्म फोहर फालिएको र अघिल्लो वर्षदेखि मात्रै बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिए पनि स्थानीयको माग सम्बोधन नभएकोमा आपत्ति प्रकट गर्नुभयो । बञ्चरेडाँडामा वैज्ञानिक तवरले फोहर व्यवस्थापन हुन नसकेको उल्लेख गर्दै सांसद तामाङले काठमाडौँ महानगरपालिकाले संविधान मिच्ने र कानुन मान्दिन भन्न नपाउने बताउनुभयो । उहाँले फोहर व्यवस्थापनसम्बन्धी अध्ययन गर्न विशेष समिति गठन गर्न माग गर्नुभयो । सांसद निशा डाँगीले काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा परेको भन्दै वायु प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कमद चाल्न सरकारको ध्यानकर्षण गराउनुभयो । उहाँले नेपालमा उत्पादित सामग्रीलाई सहजरुपमा दर्ता गर्ने प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सांसद ज्ञानबहादुर शाहीले आफूले पाउने तलब सुविधाबाट रु तीन हजार बराबरको रकम खेलाडीलाई प्रदान गर्ने घोषणा गर्नुभयो । सांसद रञ्जुकुमारी झाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा सांसदहरुको कुनै पनि भूमिका नभएको भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो । उहाँले विगतमा दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालय पुगेकाले त्यसलाई प्रमाणित गर्न आग्रह गर्नुभयो । सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण राजमार्गका रुपमा रहेको सेती राजमार्ग निर्माण सुरु भएको १३ वर्ष पूरा भए पनि ट्र्याक पूरा नभएकाले सरकारको ध्यानकर्षण गराउनुभयो । सांसद अनिता देवीले नागरिकता नभएकाले तराई–मधेशका नागरिकले समस्या भोग्नुपरेको भन्दै एक नागरिकताविहीन नागरिकले पठाएको सन्देश सदनलाई सुनाउनुभयो । सांसदहरु अरुणकुमार चौधरी, अमरेशकुमार सिंह, सीताकुमारी राना, एकनाथ ढकाल, रमा कोइराला पौडेल, वासुदेव घिमिरे, सम्झना थपलियालगायतले मुलुकको समसामयिक राजनीतिक विषयका अलावा स्थानीय समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानकर्षण गराउनुभयो । —
  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १५:५0
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

प्रधानमन्त्रीद्वारा झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली
प्रधानमन्त्रीद्वारा झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली
नरैनापुरको मदरसा र सामुदायिक विद्यालयमा न शिक्षक नत विद्यार्थी
नरैनापुरको मदरसा र सामुदायिक विद्यालयमा न शिक्षक नत विद्यार्थी
वृद्धवृद्धा भत्ता बढेन, ४ हजार नै यथावत्
वृद्धवृद्धा भत्ता बढेन, ४ हजार नै यथावत्
सिरहामा आमाको सट्टा काम गर्न गएकी छोरी बलात्कृत
सिरहामा आमाको सट्टा काम गर्न गएकी छोरी बलात्कृत
बलात्कारको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
बलात्कारको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
आठदलीय कार्यदलको बैठक बस्दै
आठदलीय कार्यदलको बैठक बस्दै
सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा
सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा
प्रधानमन्त्री दाहालले आज संसद्‍मा विश्वासको मत लिने, यस्तो छ अंकगणित
प्रधानमन्त्री दाहालले आज संसद्‍मा विश्वासको मत लिने, यस्तो छ अंकगणित
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: