वृद्धवृद्धा भत्ता बढेन, ४ हजार नै यथावत्

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ १५, २०८० १९:१७
वृद्धवृद्धा भत्ता बढेन, ४ हजार नै यथावत्

काठमाडौं । सरकारले यो वर्ष सामाजिक सुरक्षा भत्ता यथावत् राखेको छ ।

वृद्धवृद्धाले पाउँदै आएको ४ हजार निरन्तर पाउने भएका छन् ।सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले वृद्धभत्ता नबढाइएको जानकारी गराएका हुन् । तर, ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिएको उनको भनाइ छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१काे बजेट सार्वजनिक गर्दै गत वर्षको भन्दा २३ अर्व बढी रकम यो शीर्षकमा छुट्याउनुभएको छ ।

६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिँइदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको छ ।

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ १५, २०८० १९:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट