हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • नेपाल बार एशोसिएशन
  • घोडेजात्रा
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स

चौपायाको आहाराका लागि विकल्प खोज्दै नगरपालिका

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० ११:0८
चौपायाको आहाराका लागि विकल्प खोज्दै नगरपालिका
गौशालामा व्यवस्थापन गरिएका चौपायालाई आहाराको समस्या हुन थालेपछि कैलालीको भजनी नगरपालिकाले विकल्प खोज्न थालेको छ । गर्मी मौसम सुरु भएपछि चरन क्षेत्र उजाड भएपछि त्यसको विकल्पका लागि नगरपालिकाले सामुदायिक वनसँग समन्वय गर्न थालेको हो । नगरपालिकाले सामुदायिक वनका प्रतिनिधि र चौपाया व्यवस्थापन समितिलाई सँगै राखेर छलफल चलाएको छ । छलफलमा सामुदायिक वनको सीमित क्षेत्र केही समयका लागि खुला गर्न नगर प्रमुख केवल चौधरीले आग्रह गर्नुभयो । उहाँले व्यवस्थापन भएका चौपाया छोड्दा किसानले लगाएको अन्न बाली नष्ट गर्नुका साथै पुरानै समस्या बल्झिने भन्दै सामुदायिक वनलाई सीमित क्षेत्रमा चौपायालाई चरिचरनका लागि खुला गरिदिन भन्नुभएको हो । “चौपाया पनि भोकले मर्ने स्थिति आउनुभएन । किसानले पनि पुरानो समस्याबाट पुनः सास्ती पाउनुभएन । त्यसका लागि सामुदायिक वनले केही समयका लागि चौपायाको चरिचरनको क्षेत्र छुट्याएर सहयोग गरिदिनुप¥यो”, नगर प्रमुख चौधरी भन्नुहुन्छ, “समस्या उब्जाउने भन्दा समाधानको विकल्प खोज्दा राम्रो हुन्छ । चौपाया व्यवस्थापन भएकै कारण किसानले लगाएको अन्न बाली भित्र्याउन पाएका छन् ।” उहाँले आगामी दिनमा सामुदायिक वनको केही भागमा घाँस लगाउने वातावरणमा पनि सहजीकरण गरिदिन सामुदायिक वनका पदाधिकारीलाई आग्रह गर्नुभयो । “सधँै नगरपालिकाले पैसा दिएर चौपाया व्यवस्थापन गर्न सकिने स्थिति छैन र सकिँदैन पनि । सामुदायिक वनमा घाँस रोपेर त्यहीँ घाँसबाट चौपायाको आहारा पूरा गर्नुपर्ने देखिन्छ”, नगर प्रमुख चौधरीले भन्नुभयो, “नभए एक गाई एक घरको अभियान सञ्चालन गरेर भएका चौपाया व्यवस्थापन गर्नुपर्छ । त्यसमा सरोकारवाला पहिले जिम्मेवार हुनुप¥यो ।” चौपायालाई व्यवसायसँग जोडेर काम गर्ने योजनाका साथ स्थानीयलाई आउन पनि उहाँले आग्रह गर्नुभएको छ । महुन्याल सामुदायिक पशु चौपाया व्यवस्थापन समितिका अध्यक्ष देशराम चौधरीले आहाराको अभाव र चौपायालाई पानीको समस्या भएको बताउनुभयो । भएको पराललगायतका स्रोत सकिएपछि चरनका लागि नगरपालिकालाई सामुदायिक वनसँग समन्वय गरेर वनको सीमित क्षेत्र खुला गरिदिन आग्रह गरिएको चौधरीले बताउनुभयो । “नगरपालिकालाई आग्रह गरेका थियौँ, त्यो आग्रहअनुसार सामुदायिक वनसँग छलफल भएको हो”, अध्यक्ष चौधरी भन्नुहुन्छ, “चौपायालाई पानीको पनि समस्या भएको छ । पानीको व्यवस्था र चरनका लागि वनको अनुमति मात्रै दिए पनि चौपायालाई बचाउन सकिन्छ ।” सामुदायिक वनका पदाधिकारीले भने एकाएक कुनै निर्णय गर्न नसकिने बताएका छन् । पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर चौधरीले सामुदायिक वनका अन्य पदाधिकारीसँग छलफल गरेर निर्णयमा पुग्न सकिने सकिने बताउनुभयो । “अहिलेसम्म त्यसरी वनमा कसैलाई चरिचरनका लागि अनुमति दिएका छैनौँ । दिनुपर्ने स्थितिमा समितिमा छलफल गरेर निर्णयमा पुग्न सकिन्छ”, अध्यक्ष भीमबहादुरले भन्नुभयो, “आवश्यकता हो भने दिनु पनि पर्छ । भोकभोकै कसैलाई मार्नु त भएन ।” आहाराको समस्या देखाएर चौपाया छोड्ने डरमा किसान देखिएका छन् । भर्खरै किसानले भजनीका अधिकांश क्षेत्रमा चैते धान लगाएका छन् । चौपाया छाडा छोडे लगाएको धान तथा मकै खेती नष्ट गर्ने भन्ने चिन्ता बढेको किसान बुद्धिराम चौधरी बताउनुहुन्छ । “चौपाया व्यवस्थापन हुँदा निकै राहत भएको छ । रातदिन खेत कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । किसान ढुक्कले सुत्न पाएका छन्”, बुद्धिरामले भन्नुभयो, “चौपाया व्यवस्थापनको समस्या अहिलेकै अवस्थामा समाधान हुनुपर्छ । छोडेर होइन त्यसको विकल्प खोजेर आहाराको खोजी गरिनुपर्छ ।” चौपाया व्यवस्थापन गरिएका गौशालामा चौपाया भोकले मर्न थालेपछि चौतर्फी स्थानीय सरकारको आलोचना हुँदै आएको छ । यसअघि कैलालीकै टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा पनि चौपाया खान नपाएर गौशालामा मर्न थालेपछि आसपासका क्षेत्र दुर्गन्धित बनेका थिए । —
  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० ११:0८
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो

नेपाल अपडेट

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी

वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्दैै अमेरिका
मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्दैै अमेरिका
ताकमकोतमा हनुमानको मूर्ति
ताकमकोतमा हनुमानको मूर्ति
मेडिसिटी अस्पतालका दुई डाक्टरलाई काउन्सिलले गर्‍यो कारबाही
मेडिसिटी अस्पतालका दुई डाक्टरलाई काउन्सिलले गर्‍यो कारबाही
जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक
जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक
भ्यालेन्टाइन सप्ताह : आज ‘प्रमिस डे’
भ्यालेन्टाइन सप्ताह : आज ‘प्रमिस डे’
६ नयाँ न्यायाधीश सर्वोच्च छिर्ने : संसदीय समितिबाट अनुमोदन
६ नयाँ न्यायाधीश सर्वोच्च छिर्ने : संसदीय समितिबाट अनुमोदन
प्रधानको अध्यक्षतामा अखिल नेपाल यातायात मजदुर संघ अरनिको बिशेष जिल्ला समिति निर्वाचित
प्रधानको अध्यक्षतामा अखिल नेपाल यातायात मजदुर संघ अरनिको बिशेष जिल्ला समिति निर्वाचित
नेपाल एसिया कपमा छनोट
नेपाल एसिया कपमा छनोट
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: