ओलीलाई नेपालको प्रश्न : एउटै ठाउँमा आउनुस्, हिम्मत छ ?

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र १०, २०७९ १७:३८
ओलीलाई नेपालको प्रश्न : एउटै ठाउँमा आउनुस्, हिम्मत छ ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्माओलीलाई पार्टी एकता गरेर नेकपा ब्युँत्याउन तयार हो रु भनेर प्रश्न गरेका छन् । शुक्रबार पार्टीका भूपू प्रहरी तथा सैनिक संगठनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । केही समयअघि राष्ट्रपतिको चर्चा चलिरहेको बेलामा पनि आफुले नेकपा ब्युँताउन प्रस्ताव गर्दा प्रचण्ड सहमत भएपनि अध्यक्ष ओली सहमत नभएको नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले पुनः ओलीलाई प्रश्न गर्दै भने, ‘अब के चासो राख्न तयार हो त ? पार्टी एकताको लागि त्याग गर्न तयार हो त ? ल ठीक छ, पार्टी एकताको लागि को–को ले के–के त्याग गर्नुपर्ने हो तयार हुनुपर्यो ’ उनले विभिन्न पार्टीभित्र गलत प्रवृतिका विरुद्ध नयाँ ढंगले जुध्नुपर्छ भन्ने आवाज आफुले सुनिरहेको भन्दै भने, ‘आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मेरो कुराकानी भयो । मैले उहाँलाई पनि भनेँ अहिले पनि पुरानो पार्टी नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?’अध्यक्ष नेपालको भनाइ छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र १०, २०७९ १७:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट