हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी

निर्माणाधीन अवस्थामै जमिन भासियो

  • मिसन संवाददाता
  • आइतवार, बैशाख १०, २०८० ११:३२
निर्माणाधीन अवस्थामै जमिन भासियो
पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माणस्थल भासिएपछि विगत दुई वर्षदेखि भवन निर्माण अलपत्र बनेको छ । पन्ध्र शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी जिल्ला अस्पतालमा आधुनिक भवन निर्माण सुरु गरिएको थियो । रु २८ करोडको लागतमा बन्न लागेको भवन निर्माणाधीन अवस्थामै जमिन भासिएपछि अलपत्र बनेको हो । सहरी विकास कार्यालय बागलुङमार्फत गोरखा कन्स्ट्रक्सनले भवन निर्माणको काम गरिरहेको छ । अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकामा ‘इ’ ब्लकको काम अझै पनि बाँकी रहेको हो । ‘इ’ ब्लक कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ बन्दै छ । जमिन भासिएपछि भवनको काम रोकिएका निर्माण कम्पनीका प्रतिनिधि अमितकुमार पाण्डेले जानकारी दिनुभयो । ‘इ’ ब्लकको भवनको भुइँतलामा ‘अपरेसन थिएटर’, दोस्रो तलामा ‘मातृ स्वास्थ्य’ को ब्लक र त्यो भन्दा आवश्यकताअनुसारको ‘ब्लक’ बनाउने गरी भवनको निर्माण चलिरहेको बेलामा भवनको भुइँ तलाको भागमा ‘बिम’ रहेको ठाउँबाहेकको जमिन भासिँदै गएपछि भवनको काम अघि बढ्न नसकेको हो । विसं २०७७ को असार–साउनदेखि भासिन सुरु गरेको भवनको ‘बिम’हरू राखेर बाँकी रहेको ठाउँमा अन्तिम केन्द्र यकिन नै गर्न नसकिने गरी भासिएपछि भवन थप जोखिममा रहन सक्ने जनाउँदै निर्माणको थप काम हुनसकेको छैन । भू–गर्वविद्हरूले भासिनुको कारण र समाधानका उपायसहितको अध्ययन प्रतिवेदन ल्याउने भनिए पनि अहिलेसम्म त्यो ‘रिपोर्ट’ नआउँदा भवनको काम बाँकी रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले बताउनुभयो । तीन वर्ष अगाडि निर्माण चलिरहेको बेलामा भासियो, लगत्तै कोभिडको लहर सुरु भएकाले यसको थप काम अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । पहिले माटो परीक्षण गरेर भवन निर्माण थालिएको भए पनि बीचैमा समस्या आएपछि फेरि पनि माटो परीक्षणका लागि पठाइएको छ । सहरी विकास कार्यालय त्यही प्रतिवेदनको पर्खाइमा बसिरहेको छ । मोदी खोलाको किनार गण्डकीको भन्दा टाढा भएकाले अरू भवनमा क्षति नभई ‘इ’ ब्लकमा मात्रै भासिएको हुनसक्ने भू–गर्वविद्हरूले अनुमान गरेका थिए । ‘इ’ ब्लकको भवन रहेको बाहेक अस्पतालका लागि निर्माण गरिएको पानी ट्याङ्की नजिकैको जमिनसमेत भासिएको छ । भवनको नजिकै रहेको महिला तथा बालबालिका विकास कार्यालयको भवनको निर्माण चलिरहेको बेलामा पनि जमिन भासिएको थियो । भवनको भासिएको भाग कति गहिराइमा भासिएको छ भन्ने यकिन नै नभएका कारण भू–गर्वविद्हरूको सिफारिसबिना भवनको थप काम हुनसक्ने अवस्था नभएको डा अधिकारीले बताउनुभयो । भासिएको भागको अन्तिम बिन्दु कहाँ पुगेको छ भन्ने यकिन नभएको तर मुखमा ठूलो भ्वाङ रहेकाले थप दुर्घटना हुन नदिन जस्ता र काठले भ्वाङ ढाकिएको छ । निर्माणकै क्रममा भासिएपछि काम अगाडि बढाउने वा नबढाउने भन्ने चिन्ता देखिएका कारण पनि ठेकेदारले काम अगाडि नबढाएको हो । निर्माणको जिम्मा पाएको गोरखा कन्स्ट्रक्सन प्रालिका प्रोजेक्ट म्यानेजर अमितकुमार पाण्डेले भू–गर्वविद्को टोली अध्ययनका लागि आउन लागेको बताउनुभयो । “उनीहरूले पनि आफूले प्राप्त गरेको नतिजाका आधारमा अब के गर्ने भन्ने कुरा सुझाएपछि हामी निर्माणको क्रममा अगाडि बढ्ने छौँ”, उहाँले भन्नुभयो, ‘भू–गर्वविद्हरूले सुझावका आधारमा अघि बढ्छौँ ।” भवनको संरचनामा कुनै पनि समस्या नरहेको कुरा ‘बिम’ र ‘पिलर’ बाट पुष्टि हुने अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो । यसको उपचार भनेको भासिनुको कारण पत्ता लगाउने र आगामी दिनमा थप क्षति हुन नदिने उपायलाई कार्यान्वयन गर्ने भन्ने रहेछ । कारण पत्ता लगाउनका लागि भू–गर्वविद्लाई सम्पर्क गरेर भारतदेखि मगाएर परीक्षण गरिएको उहाँको भनाइ छ । भू–गर्वविद्को पहिलो परीक्षणबाट भासिनुको कारण र उपचारका बारेमा पत्ता लाग्न नसकेपछि भवनको काम पूरा गर्न झनै समस्या भएको पहाडीले बताउनुभयो । भवनका अन्य ब्लक भने निर्माण सम्पन्न भएर अस्पतालका सेवासमेत सोही भवनवाट सञ्चालन गरिएको छ । –––
  • मिसन संवाददाता
  • आइतवार, बैशाख १०, २०८० ११:३२
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

प्रदेशले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता
प्रदेशले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता
बिर्तामोडमा गुरुङ सङ्ग्रहालय शिलान्यास
बिर्तामोडमा गुरुङ सङ्ग्रहालय शिलान्यास
विश्व क्षयरोग दिवस : बागलुङमा बर्सेनि थपिन्छन् क्षयरोगका बिरामी
विश्व क्षयरोग दिवस : बागलुङमा बर्सेनि थपिन्छन् क्षयरोगका बिरामी
सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि
सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि
नेपाल र चीनका बीचमा कृषि प्रविधि विकास र सिपको आदानप्रदान हुने
नेपाल र चीनका बीचमा कृषि प्रविधि विकास र सिपको आदानप्रदान हुने
बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव ¥याली
बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव ¥याली
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली
दोलखामा बिहानै भुकम्प
दोलखामा बिहानै भुकम्प
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: