माओवादी बैठक सकियो : १० प्रतिशत समय पार्टीलाई नदिए कारबाही

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० १४:२५
माओवादी बैठक सकियो : १० प्रतिशत समय पार्टीलाई नदिए कारबाही

नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेदवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारबाही गर्ने घोषणा गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रचण्डले १० प्रतिशत पनि नखट्ने नेताहरुलाई कारबाही गर्ने घोषणा गरेका हुन् । उनले कारबाहीका लागि सबै प्रदेशका इन्चार्जहरुलाई भोलि या पर्सीसम्ममा रिपोर्ट दिन पनि निर्देशन दिए । रिपोर्टका आधारभा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरेर अघि बढिने बताए ।

यस्तै प्रचण्डले अभियानका क्रममा धेरै खटिने नेताहरुलाई विशेष सम्मान गरिने पनि बताए । प्रचण्डको सम्बोधन पछि केन्द्रिय समितिको बैठक समापन भएको छ ।

नेकपा माओवादी केन्द्रले निकट भविष्यमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने योजना बनाएको छ । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तराई मधेस जाजरण अभियान र उत्तर–दक्षिण अभियान चलाउन चलाउने बताएका हुन् ।

उनले उत्तर दक्षिण अभियानले हिमाल पहाड र तराईलाई जोड्ने जानकारी दिए । यस्तै तराई मधेस जाजरण अभियानले पार्टीको संगठन सुदृढिकरणमा सघाउ पुग्ने प्रचण्डको भनाइ छ। यसबारे पार्टीले ठोस निर्णय गरेर अघि बढ्ने उनको भनाइ रहेको एक नेताले जानकारी दिए ।

बैठकमा प्रचण्डले उत्पीडित जनसमूदायलाई जोडेर जानुपर्ने र आगामी निर्वाचनको पनि अहिलेदेखि नै तयारी थाल्नुपर्ने धारणा राखेका थिए ।

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० १४:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट