काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको छ ।
फ्लाई दुबईको ९ः१९ मा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको देब्रे इन्जिन फेल भएकाे हाे । विमान आकाशमै हाेल्ड गरि राखिएको छ । दाहिने इन्जिनको अवस्था जाँच गरिँदैछ ।
दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको हाे । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ । घटनाकाे थप विवरण आउन बाकि रहेकाे छ ।