सिन्धुलीको टेलिकम टावरमा कुकर बम विस्फोट : जनमुक्ति सेनाको पर्चा भेटियो

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २, २०८० 0९:४१
सिन्धुलीको टेलिकम टावरमा कुकर बम विस्फोट : जनमुक्ति सेनाको पर्चा भेटियो

सिन्धुलीमा रहेको नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान सिन्धुलीको सुनकोसी गाउँपालिका- १ दुम्जामा रहेको उक्त टावरमा कुकर बम विस्फट भएको हो ।

विस्फोटका कारण नेपाल टेलीकमको टावर रहेको कम्पाउन्डभित्रको घरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान ३ बजेतिर विस्फोटको आवाज आएपछि स्थानीले प्रहरीलाई जानकारी गराएका थिए । त्यसबारेमा अनुसन्धान गर्दा कुकर बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । उक्त स्थानमा जनमुक्ति सेना लेखिएको पर्चा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २, २०८० 0९:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट