अझै तीन दिन वर्षाको सम्भावना

  • मिसन संवाददाता
  • शनिबार, बैशाख १६, २०८० २१:३९
अझै तीन दिन वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ । देशका केही स्थानमा सामान्य वर्षा भएको छ भने काठमाडौँ उपत्यका, पोखरा ताप्लेजुङलगायत क्षेत्रमा भारि  वर्षा भएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयाे । अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा ३१ मिलीमिटर वर्षा मापन गरेकाे छ । महाशाखाका अनुसार ५० मिलीमिटर मध्यम र ५० मिलीमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।  रातिको समयमा दिउँसोको भन्दा सिस्टम कमजोर हुने भएकाले वर्षा कम हुन्छ ।

प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन÷चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ । भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ भने कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ

  • मिसन संवाददाता
  • शनिबार, बैशाख १६, २०८० २१:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट