माओवादीको विधान अधिवेशन आजदेखि

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १, २०८० 0९:३८
माओवादीको विधान अधिवेशन आजदेखि

सत्तारुढ माओवादी केन्द्रको विधान सम्मेलन आजबाट सुरू हुँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ११ बजेदेखि अधिवेसन सुरू हुन लागेको हो ।

जम्बो केन्द्रीय समिति बनाएको माओवादीले विधान अधिवेसनबाट १ सय ५१ सदस्सीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेस गर्दैछ । गत शनिबार सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाइ दिएको थियो ।

जसअनुसार आजबाट सुरू हुने विधान अधिवेसनमा १ सय ५१ सदस्सीय केन्द्रीय समितिको प्रस्ताव हुन लागेको हो ।

यही आइतबार र सोमबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा केही समयअघि माओवादीले सञ्चालन गरेको रूपान्तरण अभियानका बारेमा समीक्षा गरिएको थियो । सो अभियानले माओवादीलाइ थप बलियो बनाएको जनाउँदै केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धनले पार्टीलाई घाटा भएको जनाउँदै पुनर्विचार गर्नुपर्नेमा जोड गरेका थिए ।

पार्टी अध्यक्ष प्रचण्डको सो प्रस्तावका बारेमा पनि विधान सम्मेलनमा समीक्षा हुने जनाइएको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १, २०८० 0९:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट