डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घट्यो

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ २, २०८० २१:३९
डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घटाएको छ ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । सोही अनुसार सञ्चालक समिति बैठकले मंगलबार राति डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ २, २०८० २१:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट