काठमाडौं । सरकारले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने भएकाे छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ ।
जात्राका अवसरमा उपत्यका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरमा बिदा दिन लागिएको हाे ।