काठमाडौं । वाग्मती प्रदेशमा छोटो दुरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ ।
श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीबार सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले डिजलको भाउ घटाएको नौँ दिनपछि वाग्मती प्रदेशमा छोटो दुरीमा चल्ने गाडीको भाडा घटाएको हो ।
मन्त्रालयले घटाएको भाडा दर आजै राजपत्रमा प्रकाशित गरेकाे छ ।राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागु हुनेछ । काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दुरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको छ ।
गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १०/१० र पेट्रोलमा रु तीन मूल्य घटाएको निगमले अघिल्लो हप्ताको बुधबारदेखि लागु हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर रु १०/१० ले भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको रु. एक सय ५५ कायम भएको छ ।