मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

  • मिसन संवाददाता
  • आइतवार, जेष्ठ १४, २०८० 0९:३६
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज  बिहान १० का लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सञ्चार तथा सूचना प्रविधीमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

आइतबार हुने बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछन्।

बैठकमा गणतन्त्र दिवसमा हुने कैद छुट, साेमबार सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल हुन सक्ने बताएको छ।

दुवै विषयमा गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केही निर्णय गरेपछि सबै टुङ्गो लागि नसकेकोले आज टुङ्ग्याउने गरी बस्न लागेको हाे ।

  • मिसन संवाददाता
  • आइतवार, जेष्ठ १४, २०८० 0९:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट