आज बंगलादेशसँग बिजुली बेच्ने सम्झौता गर्दै नेपाल

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १०, २०८० 0८:२९
आज बंगलादेशसँग बिजुली बेच्ने सम्झौता गर्दै नेपाल

बंगलादेशमा निर्यात गरिने बिजुलीको खरिद–बिक्री दर तय गर्न नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेश प्रस्थान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बुधबार बंगलादेश गएको हो । टोलीले बिहीबार बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफल गरेर विद्युत् खरिद–बिक्रीदर टुंगो लगाउनेछ । टोलीमा प्राधिकरणका उच्च अधिकारीसहित कानुन तथा विद्युत् व्यापार बिभागका प्रतिनिधिहरू छन् । बिहीबार छलफलले पीपीए दरसँगै भुक्तानी गर्ने समयसीमा, विद्युत् उपलब्ध गराउन नसके हुने पेनाल्टीलगायत बिषयमा पनि सहमति गरिनेछ ।

ह्विलीङ चार्ज भने बंगलादेशले नै तिर्ने प्रारम्भिक सहमति भएको छ ।बंगलादेशले गत माघ दोस्रो साता ४० मेगावट विद्युत् किन्ने नेपालसँग प्रस्ताव मागेको थियो । त्यसलगत्तै प्राधिकरणले बंगलादेशमा पेस गरेको प्रस्तावमा बिहीबार छलफल गरी अन्तिम रूप दिइने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १०, २०८० 0८:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट