लक्ष्यविहीन नेपाल : साफ च्याम्पियनसिप

  • मिसन संवाददाता
  • आइतवार, जेष्ठ २८, २०८० १९:२९
लक्ष्यविहीन नेपाल : साफ च्याम्पियनसिप

काठमाडौं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले आयोजना गर्ने क्षेत्रीय प्रतियोगिताको इतिहास ३ दशक पुगिसकेको छ ।

माल्दिभ्समा आयोजित पछिल्लो संस्करणमा उपविजेता बन्नु नेपाल टिमको अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।  अर्को महिना नेपालले भारतको बैंगलुरुमा नयाँ संस्करणको साफ च्याम्पियनसिप खेल्दैछ ।

तर, साविक उपविजेता टिम नेपालको यसपल्ट कुनै ठोस लक्ष्य छैन । दक्षिण एसियाली क्षेत्रमा नेपालले आफ्नो दावेदार प्रस्तुत गर्न नसक्नुका प्रमुख तीन कारण छन् । आइतबार आयोजित बिदाइ कार्यक्रममा राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले पनि प्रष्ट्याएका छन् ।

उनका अनुसार खेलाडी पलायन, कमजाेर तयारी र बलिया प्रतिस्पधिका कारण नेपाली खेल क्षेत्रमा असर परेकाे बताएका छन् ।

  • मिसन संवाददाता
  • आइतवार, जेष्ठ २८, २०८० १९:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट