यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ ३१, २०८० १६:0६
यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला

काठमाडौं । यस वर्षकाे मनसुन सरदर मिति भन्दा १ दिन ढिला नेपाल भित्रिएको छ ।

यस वर्षको मनसुन प्रणाली आजबाट सुरू भएकाे छ । नेपालमा सरदर जुन १३ बाट मनसुन भित्रिनु पर्ने हाे । तर यस वर्षकाे मनसुन सरदर मिति भन्दा १ दिन ढिलाे (जुन १४) बाट  नेपाल भित्रिएको हाे ।

नेपालकाे काेशि प्रदेश, पूर्वि मधेस प्रदेश, बागमती प्रदेशका अधिकांंश भू-भाग र गण्डकी प्रदेशकाे पूर्वि भू-भागमा मनसुन प्रवेश गरेकाे  माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । त्यस्तै नेपालकाे अन्य भू-भागमा केही दिनमा मनसुन भित्रिने छ ।

 

 

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ ३१, २०८० १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट