तर्साउन र घुक्र्याउन मोर्चा बनाएका होइनौ : अध्यक्ष नेपाल

  • मिसन संवाददाता
  • सोमवार, असार ४, २०८० १९:५५
तर्साउन र घुक्र्याउन मोर्चा बनाएका होइनौ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीलाई संकेत गर्दै समाजवादी मोर्चा कसैलाई घुक्र्याउन र तर्साउन गठन नगरिएको बताएका छन् ।

सोमबार काठमाडौमा आयोजित समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चाबाट कोही आत्तिनुनपर्ने बताएका हुन्  । हामीमा कुनै संर्किणता र आग्रह पनि छैन । केहीकेही नेताहरुलाई परेको रहेछ कि यो मोर्चा बन्नुमा दुईवटा कुरा छ ।

एमाले अध्यक्षले मोर्चा घुक्र्याउन र तर्साउन बनाएको भनेर टिप्पणी गरेका थिए । उनले सबै सकारात्मक शक्तिलाई एकतावद्ध गर्न मोर्चा बनाएको भन्दै मोर्चाले समाजवाद निर्माणको वाताबरण, सुशासन कायम गर्न र विकृतिको अन्त्य गर्न एकतावद्ध भएर अघि बढ्ने संकल्प गरेको बताएका हुन्  ।

मन्त्री नेपालका अनुसार जो समाज आमुल परिवर्तनको पक्षमा छैनन उनीहरु तर्सिन्छन् । अरु ढुक्कले सुते हुन्छ । नेपालले मोर्चा स्वार्थले नबनेको भन्दै सिद्दान्तहिन र विचारहिन पनि नभएको बताएका छन्।

त्यो उदेश्य प्रतिगमन र यथास्थितिकाविरुद्ध परिवर्तनका लागि एकतावद्ध हुने, सम्पुर्ण देशभक्तहरु र समाजवादी शक्तिहरू हामी एकतावद्ध बनाएर लान चाहान्छौ उनले भने ‘देशभक्त शक्तिलाई हातेमालो र एकतावद्ध गर्न चाहान्छौ ।

विप्लवले आयोजना गरको पार्टी स्थापनाबाट आफु प्रभावित भएको भन्दै त्यसपछि उहाँसहितको शक्तिलाई एकै ठाउमा गोलवन्द गर्ने प्रयास गरेको बताए । शव्दशव्दमा छलफल गरेर मात्रै मोर्चा गठन गर्न सकिएको भन्दै उनले हाल चार पार्टीमात्रै मोर्चामा भएपनि अन्य पार्टीहरुसँग पनि छलफल भइरहेको बताए ।

  • मिसन संवाददाता
  • सोमवार, असार ४, २०८० १९:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट