एनसेलसँग कर असुलउपर गर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १६:२४
एनसेलसँग कर असुलउपर गर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले तिर्न बाँकी कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले एनसेलको सेयर खरिद विक्री अध्ययन तथा छानविन समितिको प्रतिवेदन समेतलाई आधार मानी प्रचलित कानून बमोजिम राज्यलाई बुझाउनुपर्ने कर रकम असुलउपर गर्न निर्देशन दिएको हो ।

साथै, बैठकले एनसेलमा लगानी गर्ने विदेशी कम्पनीले हालसम्म लगेको रकमको वितरण राष्ट्र बैङ्कबाट मगाउन पनि निर्देशन दिएको छ ।

यस्तै बैठकले एनसेलको सेयर खरिद विक्री अध्ययन तथा छानविन समितिको प्रतिवेदन नआउन्जेलसम्म सेयर कारोबारका लागि कुनै पनि स्वीकृति तथा सहमति नदिन पनि निर्देशन दिएको छ ।

बैठकले यथाशीघ्र दूरसञ्चार ऐन र नियमावली संशोधन गर्न, वैदेशिक लगानी भएका ठूला कम्पनीको सेयर खरिद बिक्री गर्दा खरिदकर्ताको क्षमता र अनुभव भए नभएको चेकजाँच गर्न समेत सरकार र सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट