सरकारका सबै वेबसाइट डाउन

  • मिसन संवाददाता
  • मङ्लबार, असार ५, २०८० २२:२६
सरकारका सबै वेबसाइट डाउन

काठमाडौं । नेपालका सबै सरकारी निकायको वेवसाइट डाउन भएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार विद्युत् आपूर्तिमा समस्या आएपछि वेबसाइट डाउन भएकाे  हाे ।

सिंहदरबाभित्र रहेको नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर आज बिहान पड्किएको थियो । दिनभरि वैकल्पिक माध्यमबाट काम चलाए पनि अहिले धान्न नसकेपछि सबै वेबसाइट डाउन भएकाे राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ  ।

केन्द्रीय सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सिस्टम पनि चलेको छैन । सिंहदरवारस्थित केन्द्रीय सर्भरमा समस्या आएपछि सरकारी वेवसाइटहरू डाउन भएका हुन् ।

  • मिसन संवाददाता
  • मङ्लबार, असार ५, २०८० २२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट