काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदहबाट सुन जस्तो देखिने २ किलो धातु बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बीओपी बयरघाटबाट खटिएको टोलीले शनिवार मध्यराति सुन जस्तो पहेलो धातु बरामद गरेकाे हाे ।
भारततर्फ जाँदै गरेको बा.१२ च ३८२० नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्दा गियर बक्समा फल्स बटन बनाएर लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ईट्टा आकारको सुन जस्तो धातु भेटिएको हो । कार चालक दाङको घोराही नगरपालिका १० घर भएका हुमानन्द गिरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
बरामद पहेलो धातु सुन हो वा होइन, रिपोर्ट आउन बाँकी रहेको छ ।