सुन जस्तो देखिने २ केजी धातु बरामद

  • मिसन संवाददाता
  • आइतवार, असार १०, २०८० १६:५६
सुन जस्तो देखिने २ केजी धातु बरामद

काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदहबाट सुन जस्तो देखिने २ किलो धातु बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बीओपी बयरघाटबाट खटिएको टोलीले शनिवार मध्यराति सुन जस्तो पहेलो धातु बरामद गरेकाे हाे ।

भारततर्फ जाँदै गरेको बा.१२ च ३८२० नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्दा गियर बक्समा फल्स बटन बनाएर लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ईट्टा आकारको सुन जस्तो धातु भेटिएको हो । कार चालक दाङको घोराही नगरपालिका १० घर भएका हुमानन्द गिरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

बरामद पहेलो धातु सुन हो वा होइन,  रिपोर्ट आउन बाँकी रहेको छ ।

  • मिसन संवाददाता
  • आइतवार, असार १०, २०८० १६:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट