बालकुमारी घटना : छानबिन समिति प्रमुखको मन्त्री कै प्रदेश कर्णाली सरुवा !

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० 0७:0४
बालकुमारी घटना : छानबिन समिति प्रमुखको मन्त्री कै प्रदेश कर्णाली सरुवा !

नेपाल प्रहरीका १६ जना नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ । गृह मन्त्रालयले मंगलबार गरेको डीआईजीहरुको सरुवामा केही प्रदेश प्रहरी प्रमुखहरु पनि फेरिएका छन् ।

प्रदेश र व्युरोमा रहेका डीआईजीहरुको जिम्मेवारी हेरफेर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा सुची अनुसार कोशी प्रदेश प्रमुखमा डीआईजी चन्द्र कुबेर खापुङ, मधेश प्रदेशमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कडायत, कर्णालीमा लालमणि आचार्य, सुदुरपश्चिममा रविन्द्र केसीको सरुवा भएको छ । त्यसैगरी भिम ढकालको आईजीपीको सचिवालयमा सरुवा भएको छ ।

कर्णाली सरुवा भएका डीआईजी लालमणि आचार्य दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको तीन सदस्यीय समितिको प्रमुख हुन्।

उक्त समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य छन् । उनीहरुलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको थियो ।

कोरिया भाषा परीक्षामाको आवदेन दिन नपाएको भन्दै आक्रोशित समूहले सातदोबाटो क्षेत्रमा प्रदर्शन गर्दै भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएको थियो । त्यसपछि आक्रोशित युवाहरुले ललितपुरको चक्रपथ क्षेत्रमा प्रदर्शन गरेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनले उग्र रुप लिएको थियो । त्यस क्रममा घाइते भएका दुई जना युवाको उपचारका क्रममा मृत्यु भएको थियो। मन्त्री ज्वाला पनि कर्णाली कै हुन् ।

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० 0७:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट