वर्तमान सरकार माओवादी नेतृत्वको सबैभन्दा उत्कृष्ट

  • मिसन संवाददाता
  • सोमवार, असार २५, २०८० १९:३४
वर्तमान सरकार माओवादी नेतृत्वको सबैभन्दा उत्कृष्ट

काठमाडौं । अखिल(क्रान्तिकारी)ले वर्तमान सरकार माओवादी(केन्द्र)को नेतृत्वमा सबैभन्दा उत्कृष्ट भएको निश्कर्ष निकालेको छ।

असार १८, १९ र २० गते काठमाडौमा ३ दिन सम्म चलेको बैठकले सरकारका कामको समिक्षा गर्दै यस्तो निष्कर्ष निकालेको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष मदन भुलले जानकारी दिए ।

सरकारले भष्टाचार नियन्त्रणमा एकपछि अर्को लोकप्रिय र शाहसिक कामहरु गरिरहेको भन्दै प्रधानमन्त्रि र सिंगो क्याबिनेटलाई आाभार समेत प्रकट गरेको बिध्यार्थी नेता भुलले जानकारी दिए ।

बैठकमा रष्ट्रिय स्ववियू(काउन्सिल)को गठन, आगामी बिधान अधिबेशन र राष्ट्रिय सम्मेलन लगायतका बिषयहरुमा तिन दिन सम्म छलफल भएको र बैठकमा बिबिध शैक्षिक मुद्धाहरु,आगामी कार्ययोजना र शैक्षिक संघर्षहरुबारे छलफल भएको थियो।

बैठकले बिधान सम्मेलन गर्ने साथै ,आगामी केन्द्रिय समितिको बैठकबाट केन्द्रिय सम्मेलनको मिति तोकेर अघि बढ्ने म्यान्डेट लिएको नेता भुलले जानकारी दिए ।

  • मिसन संवाददाता
  • सोमवार, असार २५, २०८० १९:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट