प्रचण्डले बुहारीलाई प्रदेश सहइन्चार्ज बनाएपछि माओवादीमा असन्तुष्टि

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १६, २०८० ११:४८
प्रचण्डले बुहारीलाई प्रदेश सहइन्चार्ज बनाएपछि माओवादीमा असन्तुष्टि

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादी स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् । नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै शर्माले फरक मत राखेको जनाएका छन् ।

नेता शर्माले गत विधान अधिवेशनमा पदाधिकारीको निर्वाचनबारे वकालत गरेकोले कार्य विभाजनमा नसमेटेको, जिम्मेवारी विहीन बनाइएको आरोप शर्माको छ ।

‘मैले निर्णयहरूमा केही असहमतिहरू दर्ज गरेको छु । कार्य विभाजन पार्टी निर्माणलाई ध्यानमा राखेर गरिएन । विधान अधिवेशनको ह्याङओभरलाई ध्यानमा राखेर गरियो’, शर्माले भने, ‘विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने मलगायतलाई जिम्मेवारी विहीन बनाएको अवस्था र सुदूर पश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाएको लगायतका मुद्दा र त्यहाँको दलसम्बन्धी विवादमा सन्तुलित नभएको भनेर मैले असहमति राखेको छु ।’ सुदुरपश्चिममा स्थायी समिति सदस्य खगराज अधिकारी हुँदाहुँदै प्रचण्डले बुहारी बिना मगरलाई प्रदेश सह-इन्चार्ज बनाएका छन् ।

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीले उम्मेदवारी दिने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेका थिए ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १६, २०८० ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट